- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
Showing posts with label घोषणा पत्र. Show all posts
Showing posts with label घोषणा पत्र. Show all posts

Tuesday, 1 January 2013

घोषणा:- 'केस्रा' आधिकारिक वार्षिकी

"केस्रा" साहित्य विधाको आधिकारिक वार्षिकी

    केस्रा''विधा सार्वजनिक भएको पहिलो वर्ष पुरा हुन लागेकोछ। हामीले कुन समय [संवत्]लाई आधिकारिक मान्यता दिए उपयुक्त होला ? [केस्रा विधाको सार्वजनिक मिति वि.स. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ मध्ये कुनै एक संवत् लाई वार्षिकी मान्यता दिनका लागि गरिएको मत सर्वेक्षण अनुसार दुवै संवत् सम्बन्धी

Monday, 20 August 2012

घोषणा-पत्र

         नेपाली साहित्यमा 'केस्रा' विधाको प्रतिपादन तथा घोषणा-पत्र                              २०६८/२०१२ 

शब्द / अर्थ -
केस्रा/केस्रो - (ना.) फलफूल (सुन्तला आदि) -को भित्र पट्टिको तह वा टुक्रा । - 'सरल नेपाली शब्दकोश' -२०६२
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको भित्र  पट्टिको खण्ड खण्ड परेको भाग वा टुक्रा । - 'राष्ट्रिय नेपाली शब्दकोश' बहुभाषी शब्दकोश -२०६३
केस्रा - सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिलै छुट्टिने  एउटा खण्ड।- 'समकालीन नेपाली शब्दकोश'-www.nepalisabdakos.com

 
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको बोक्राको भित्र पट्टि रहने पातलो बोक्रासमेत भएको खण्ड-खण्ड परेको टुक्रा, मांशपेशीमा रहेको धागाका आकारको तह । - 'रत्न नेपाली शब्दकोश' -२०६२

परिभाषा - 
      
यथार्थ जीवनको कुनै एक अवश्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै 'केस्रा' हो ।

अवधारणा -
          वर्तमान समय निकै तेज रफ्तारमा  चलिरहेकोछ । हरेक उपभोगका वस्तुहरु सटिक र चुस्त हुन थालेकाछन् । ठुलो परिमाणका वस्तुहरुलाई परिमार्जन गरेर केही हदसम्म सानो आकार बनाएर छिटो, चुस्त, सूक्ष्म, प्रभावकारी र छुट्टै विशेषतामा तयार भईरहेकाछन् । अहिले कुनै पनि वस्तुको माग बढ्दो गतिमा छ । सो अनुरुप पूर्ति हुन सकेको छैन । मुख्य आवश्यकतालाई पहिचान गरि जति सक्दो सानो परिमाणमा भए पनि उपलब्ध गराउने कोशिस गरिएकोछ । साथै, राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक, औधोगिक आदि क्षेत्रमा पनि पुरानो मान्यताहरुलाई परिवर्तन गरि आधुनिक ढंगले गतिशील बनाईदैछ । यी क्षेत्रहरुमा सूक्ष्म प्रभावबाट हुने परिवर्तनले पनि आशातीत प्रगति भएकाछन् ।
          
आजकाल हरेक विषय वा क्षेत्रमा हुन सक्ने छिटो, चुस्त, प्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ ।एउटा निर्धारित वा समयसीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त